३ आश्विन २०८१, बिहिबार 1726731014
Banner

मोरङको केराबारी जङ्गलमा दुई बालिका मृत फेला

उर्लाबारी । मोरङको सुन्दरहरैंचा– ७ बेलगाछीमा एकै घरका दुई बालिका मृत अवस्थामा फेला परेका छन्। शनिबार साँझ ५ बजेतिर घाँस काट्न आउनेले केराबारी जङ्गलमा मृत बालिका फेला पारेका हुन् ।

उनीहरू स्थानीय अर्जुन कार्कीका तीन वर्षीया र डेढ वर्षीया छोरी भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार मृत बालिकाकी आमा र बालिका शुक्रबार बेलुकादेखि सम्पर्कबिहीन भएका थिए। प्रहरीका अनुसार अँगालो हालेको अवस्थामा फेला परेका उनीहरुको छेउमा विषादीको बट्टा पनि भेटिएको छ।घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।