३१ भाद्र २०८१, सोमबार 1726539805
पालिका

नागरिकलाई रोग नै लाग्न नदिन फोहोर व्यवस्थापनमा ध्यान दिएका छौँ : वडाध्यक्ष बालकृष्ण श्रेष्ठ

काठमाडौँ । रोग लागेर अस्पताल जानुभन्दा रोग नै लाग्न नदिनु उत्तम मानिन्छ । मानिसको जीवनशैली र बसोबासको वरिपरि रहने फोहोर नै रोगको स्रोतको रुपमा लिइन्छ । यसथै जीवनशैली सुधार्ने र फोहोर व्यवस्थापन गर्न सकिएमा कयौँ रोगबाट बच्न सकिन्छ । यसलाई आत्मसाथ गरेर मध्यपुर थिमि नगरपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले फोहोर व्यवस्थापनमा ध्यान दिँदै काम गर्दै आएका छन् ।

विशेषगरी रोग लागेर अस्पताल जानुभन्दा आफ्ना नागरिकलाई रोग लाग्नबाट बचाउनु नै आफ्नो जिम्मेवारी ठानेर फोहोर व्यवस्थापनमा ध्यान दिएको उनको भनाइ छ ।

फोहोर व्यवस्थापन, सार्वजनिक शौचालय निर्माण, स्वास्थ्य संस्था निर्माण कार्यलाई वडाले प्राथमिकता दिएको भन्दै उनले ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान तथा सुलभ र सहज रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिएको बताए ।
आफूले कार्यभार सम्हालेदेखि नै स्वास्थ्य, शिक्षा, संस्कृति, पर्यटन रोजगार सृजना, भौतिक विकासलगायतका कार्यमा ध्यान दिएर काम गरिरहेको बताए ।