४ आश्विन २०८१, शुक्रबार 1726843166
Banner

विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला

काठमाडौँ । देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।

  • दाङ, तुलसीपुर उपमहानगरपालिका-१५ मलवार बस्ने ६९ वर्षीय बम बहादुर भुषाल सोही ठाउँस्थित सडक छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
  • चितवन, भरतपुर महानगरपालिका-११ नवजागृति सामुदायिक वनमा कालिका नगरपालिका-५ बस्ने ५५ वर्षीय बाबुराम परियार आइतबार मृत अवस्थामा फेला परेका छन् ।
  • कैलाली, जानकी गाउँपालिका-४ बेलपुर बस्ने ७० वर्षीय हरद्वारी थारु सोही ठाउँस्थित रोरा नदीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
  • नवलपरासी पश्चिम, प्रतापपुर गाउँपालिका-१ जमुनियाबाट धनेवा जाने कच्ची बाटोको बिचमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
  • बारा, कोल्हबी नगरपालिका-२ बकैया खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।