२७ भदौ २०८३, शनिबार 1789265574
Banner

गठबन्धन दलका नेताहरुबीच बालुवाटारमा छलफल

काठमाडौं। गठबन्धन दलका नेताहरुबीच बालुवाटारमा छलफल चलिरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापतिसमेत रहेका देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल,जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराई बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले नेताहरुबीचको छलफल जारी रहेको बताएका छन् । उनकाअनुसार स्थानीय तहको निर्वाचन र गठबन्धनका बिषयमा छलफल चलिरहेको छ।