२७ भदौ २०८३, शनिबार 1789238524
Banner

चार लाख ५० हजार घुस लिने वडाध्यक्षसहित तीन जना पक्राउ

भदौ २५ गते । धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. २४ का वडाअध्यक्ष उपेन्द्र सहनीसहित तीन जना घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार वडा अध्यक्ष सहनी, वडा सचिव उपेन्द्र साह समेतले घर बाटो प्रमाणित गरिदिनको लागि सेवाग्राहीसँग चार लाख ५० हजार रुपियाँ घुस लिइरहेको अवस्थामा वडाअध्यक्षको कार्यकक्षबाट नियन्त्रणमा लिइएको छ ।

उनीहरुसहित अर्का व्यक्ति विजय मण्डल पनि पक्राउ परेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।