३ आश्विन २०८१, बिहिबार 1726783801
Banner

लुम्बिनी प्रदेशका वन मन्त्रीद्वारा राजीनामा

 भदौ २५ गते । लुम्बिनी प्रदेशका वन मन्त्री बादशाह कुर्मीले मन्त्री पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले मङ्गलबार मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष राजीनामा बुझाउनुभएको हो । मन्त्री कुर्मीले बुधबारदेखि लागु हुनेगरी राजीनामा दिनुभएको मुख्यमन्त्री आचार्यले बताउनुभयो ।

बाँकेकी निर्मला कुर्मीलाई बेपत्ता तथा अपहरण पार्ने कार्यमा संलग्न रहेको आरोप कुर्मी माथि छ । अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप लागेका कुर्मीलाई मन्त्री बनाइएकोमा चर्को विरोध हुँदै आएको थियो ।