३ आश्विन २०८१, बिहिबार 1726803979
समाचार

सरकारले संखुवासभाको खाँदबारीमा आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्ने

काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले संखुवासभाको खाँदबारीमा आयुर्वेदिक विश्वविद्यालय स्थापना हुने बताएका छन् ।

संखुवासभामा आयोजित एक कार्यक्रममा बोल्दै उनले गत मन्त्रीपरिषद्को बैठकले संखुवासभाको खाँदबारीमा योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको बताए । उनले क्रान्तिकारी महिला विदुषीहरुको नामबाट विश्वविद्यालय स्थापना हुँदा संखुवासभा जिल्लावासी सबैले खुशी महशुस गरेको अनुभुति आफूले पाएको बताए ।

उनले विद्युत महशुस तिर्न जनताहरुले नपाएर पेनाल्टी तिर्नुपर्ने अवस्थाको छिटै अन्त्य गर्ने बता । अब सबै ठाउँमा समयमा विद्युत महशुल तिर्न पाउनेगरीको व्यवस्था मन्त्रालयले गर्ने प्रतिवद्धता जनाए ।

मन्त्री खड्काले संखुवासभा पर्यटनको लागि पनि उच्च सम्भावना भएको जिल्ला रहेको बताए ।