४ आश्विन २०८१, शुक्रबार 1726824188
अर्थ

नेपाल बैंकले सञ्चालनमा ल्यायो ‘क्यास डिपाेजिट मेशिन’

२६ भदाै, काठमाडौँ । नेपाल बैंकले नगद निक्षेप जम्मा गर्ने मेशिन सञ्चालनमा ल्याएकाे छ । बैंकले आफ्नो मुख्य शाखा कार्यालय काठमाडौंमा पहिलो नगद निक्षेप मेसिन (क्यास डिपाेजिट मेशिन) सञ्चालनमा ल्याएको हाे ।

मेशिनकाे सञ्चालन भएसँगै बैंकले ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटल मैत्री बनाउने विश्वास लिएकाे छ । नयाँ जडान गरिएको मेशिनमा रियल टाइम नगद जम्मा गर्ने सुविधा भएकोले ग्राहकवर्गलाई क्यास काउन्टरबाट मात्र नगद जम्मा गर्नुपर्ने बाध्यता हटेको छ ।

हाल बैंकले आफ्नो २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटिएम काउण्टरबाट सेवा प्रदान गरिरहेको छ ।