३ आश्विन २०८१, बिहिबार 1726805676
Banner

लुम्बिनी प्रदेश सभाको  बैठक बस्दै

बुटवल । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको ३० औँ बैठक आज बस्दै छ ।  आज दिउँसो २ बजे बस्ने बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । यही बैठकमा स्थानीय सेवाको गठन सम्बन्धी विधेयक निर्माणार्थ प्रस्तुत गर्ने तयारी छ । हिजो बसेको बैठकमा प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले प्रतिवेदन सहितको विधेयक सभामा पेस गर्नु भएको थियो ।

भदौ ६ गते बसेको प्रदेश सभाको २७ औँ बैठकले प्रतिवेदन सहित पेस भएको विधेयकलाई पुनः समितिमा पठाएको थियो । प्रदेशसभामा वैशाख ३० गते दर्ता भएको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको थियो । प्रदेश मामिला तथा कानुन समितिले प्रतिवेदन सहितको विधेयक तयार पार्न ३६ औँ बैठक सम्पन्न गरेको र लामो छलफलबाट प्रतिवेदन पुनः सभामा पेस गरिएको हो । बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा शून्य समय र विशेष समयमा बोल्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले जानकारी दिए ।