१० श्रावण २०८३, आइतबार 1785079767
Banner

एमालेले विराटनगरबाहेक पाँच महानगरको उम्मेदवार टुंगो लगायो

काठमाडौं । नेकपा एमालेले पाँच वटा महानगरको उम्मेदवार टुंगो लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा शनिबार बसेको सचिवालय बैठकले विराटनगरबाहेकका महानगरमा उम्मेदवारी टुंगो लगाएको प्रचार प्रसार विभाग प्रमुख पृथ्बी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौंको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने भएको छ। त्यस्तै ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य बज्रचार्यलाई नाम टुंगो लगाएको छ।

उपत्यका बाहिर पोखरा महानगरको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङ र वीरगञ्जमा वीरगन्जको मेयरमा विजय सरावगी, उपमेयर भने तालमेलका कारण खाली रहेको खाली रहेको गुरुले जानकारी दिनुभयो ।

त्यस्तै भरतपुर महानगरको मेयरमा विजय सुवेदीको नाम टुंगो लागेको छ। उपमेयरमा भने टुंगो लाग्न बाँकी रहेको गुरुङले जानकारी दिए।