काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
काँग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमका बीच चुनावी घोषणापत्र सार्वजनिक गरिने नेपाली काँग्रेसले जनाएको छ ।
घोषणापत्रमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगायतका कार्यक्रमलाई प्राथमिकताका साथ समेटिएको छ ।
महामन्त्री थापा नेतृत्वको घोषणापत्र तयारी समितिमा यसअघि स्थानीय तहमा अनुभवप्राप्त जनप्रतिनिधिसँगै विकास तथा पूर्वाधार विज्ञ, अर्थ विज्ञलगायत सहभागी थिए ।
यसअघि नेकपा एमाले, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राप्रपा, राप्रपा नेपाल लगायत दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।