४ आश्विन २०८१, शुक्रबार 1726811501
Banner

एक वर्षमा ६७५ किलोमिटर सडक कालोपत्रे

काठमाडौँ ।  सरकारले गतवर्ष  ६७५ किलोमिटर सडक कालोपत्रे गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा ८०० किलोमिटर  दुई लेन सडक  कालोपत्रे गर्ने लक्ष्य भएपनि ६७५ किलोमिटर सडकमात्र कालोपत्रे भएको हो । सरकारको नीति तथा कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदनमा ६७५ किलोमिटर सडक मात्र कालोपत्रे भएको उल्लेख छ ।

  योसँगै देशभरि दुई लेन कालोपत्रे सडक १८ हजार ३७६ किलोमिटर पुगेको छ । नीति तथा कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा चार लेन कालोपत्रे सडक १५० किलोमिटर निर्माण गर्ने लक्ष्य राखिएपनि ७८.३ किलोमिटर मात्र निर्माण भएको छ । योसहित चार लेन कालोपत्रे सडक २२३ किलोमिटर पुगेको छ ।