७ मंसिर २०८१, शुक्रबार 1732312079
Banner

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा आज सम्बोधन गर्नुहुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्‌मा सम्बोधन गर्ने तयारी गरेका छन् । आज अपराहन्न १ बजेदेखि बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने  उहाँको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री भएपछि उनले  विश्वासको मत माग्ने र प्रश्नोत्तरमा सहभागी हुनेबाहेक पहिलोपटक समय लिएर सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओली आउँदो असोज ४ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जानुअघि त्यसबारे संसद्लाई जानकारी गराउँदै समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।