३ आश्विन २०८१, बिहिबार 1726784748
Banner

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

खाँदबारी– सङ्खुवासभाको मकालु गाउँपालिका–३ समाटारमा आज ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

खाँदबारी किमाथांका सडक खण्डको वरुणबाट खाँदबारी आउने क्रममा ट्रयाक्टर भीरबाट खस्दा त्यसमा सवार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा खाँदबारी नगरपालिका–८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। 

ट्रयाक्टर भीरबाट करिब तीन सय मिटर तल अरुण नदीमा खसेको हो । नदीले बगाएको उक्त ट्रयाक्टरको नम्बर प्लेट खुल्न नसकेको प्रहरीले जनाएको छ ।