४ आश्विन २०८१, शुक्रबार 1726832244
Banner

प्रस्तावित प्रधानन्यायाधीश राउत र दुई राजदूत उपर १० दिनभित्र उजुरी दिन सकिने

काठमाडौँ । संसदीय सुनुवाइ समितिको सचिवालयले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र दुई देशका प्रस्तावित राजदूत उपर कुनै उजुरी भएमा १० दिनभित्र पेस गर्न आग्रह गरेको छ । 

समितिको सचिवालयले आज एक सूचना जारी गर्दै बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकको निर्णय बमोजिम संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको उपर सार्वजनिक उजुरी आह्वान गरेको हो ।

हिजो बसेको समिति बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चार माध्यममार्फत उजुरी आह्वान गर्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।  सो प्रस्ताव पारित भएसँगै समिति सचिवालयले आज सूचना प्रकाशित गरेको हो ।