४ आश्विन २०८१, शुक्रबार 1726846322
Banner

५६ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा ६० वर्षीय पुरुष पक्राउ

काठमाडौँ । बलात्कारको आरोप प्रहरीले भोजपुर जिल्ला साल्पासिलिछो गाउँपालिका घर भएका ६० वर्षीय बाङ्ठा भन्ने प्रेमबहादुर तामाङलाई पक्राउ गरेको छ । तामाङले भदौ ३० गते राति तेह्रथुमको लालिगुराँस नगरपालिका निवासी ५६ वर्षीय महिलालाई बलात्कार गरेको प्रहरीको भनाइ छ ।

आरोपित तामाङ लालिगुराँस नगरपालिका–१ मा डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले तामाङलाई बिहीबार दिउँसो पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।