७ आश्विन २०८१, सोमबार 1727093868
Banner

प्रधानमन्त्री ओलीसँगको भेटबारे के भने मोदीले ?

न्युयोर्क । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डल नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र छिमेकी भारतका प्रधानमन्त्री मोदीबिच न्युयोर्कको स्थानीय समय अनुसार असोज ६ गते साँझ ५:३० बजे भेटवार्ता भएको हो ।

भेटपछि प्रधानमन्त्री मोदीले प्रधानमन्त्री केपी ओलीसँग न्युयोर्कमा भएको भेट  निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् । ‘भारत-नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौँ। हाम्रो वार्ता ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित थियो,’ मोदीले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले पनि दुई नेताबिचको भेट सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।