१९ असार २०८३, शुक्रबार 1783073466
Banner

बाढीपहिरोले दुई दिनमा १२९ जनाको मृत्यु, ६२ जना बेपत्ता

काठमाडौं : गत बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर एक सय २९ जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा आइतबार दिउँसो १ बजेसम्म १२९ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। अझै ६२ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। त्यस्तै ८६ जना घाइते छन् भने सुरक्षाकर्मीले ३ हजार २६६ जना भन्दा बढीको उद्धारसमेत गरेको छ।

वर्षाका कारण विभिन्न ठाउँका सडक पनि अवरूद्ध छन्। लामो दुरीमा निस्किनुपरेमा प्रहरी कार्यालयमा सम्पर्क गरी मात्रै यात्रा गर्न पनि अनुरोध गरेको छ।
 काठमाडौं प्रवेश गर्ने नाका नजिकै धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरिएका शवहरू निकाल्ने काम भइरहेको छ। आइतबार दिउँसोसम्म त्यहाँमात्रै ३५ जनाको शव फेला परेको हो। पछिल्लो समय अर्को बसबाट पाँच जनाको शव फेला परेको हो। शनिबार १४ वटा शव फेला परेको थियो भने आइतबार २१ जनाको शव फेला परेको हो।