२७ भदौ २०८३, शनिबार 1789275398
Banner

प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध संसदीय समितिमा ६ वटा उजुरी

काठमाडाैं : संसदीय सुनुवाई समितिमा सर्वाेच्चको प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ। सिंहदरबारमा सोमबार बसेको समिति बैठकमा राउतविरुद्ध ६ वटा उजुरी परेको जानकारी गराएको हो। गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश राउतलाई नियुक्त गर्न सिफारिस गरेपछि समितिले उजुरी आह्वान गरेको थियो।

त्यस्तै बेल्जियम र अस्ट्रेलियाका लागि राजदूत सिफारिस भएका सेवा लम्साल र चित्रलेखा यादवविरुद्ध दुई वटा उजुरी प्राप्त भएको समिति सदस्य पशुपतिशम्शेर राणाले जानकारी दिए। समितिले उजुरीकर्तासंग मंगलबार छलफल गर्ने जनाएको छ। असोज १६ गते राउतको सुनुवाई हुने समिति सदस्य जवराले जानकारी दिए। त्यस्तै सर्वोच्च अदालतका लागि सिफारिस भएका दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको उनले बताए। न्याय परिषद्ले सर्वोच्चको न्यायाधीशका लागि नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सिफारिस गरेको थियो।