३० आश्विन २०८३, शुक्रबार 1:49 am
Banner

बाढी पहिरोमा परी बेपत्ता रहेका परिवारलाई २ लाख दिने सरकारको निर्णय

काठमाडौं-बाढीपहिरोमा परेर ज्यान गुमाएकाका परिवारलाई सरकारले जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्राकृतिक विपद्का कारण १० दिनसम्म बेपत्ता रहेका सदस्यलाई मृतककै रूपमा मानेर परिवारलाई २ लाख दिने निर्णय गरेको हो। 

उक्त बैठकले प्राकृतिक विपदका कारण मृत्यु हुनेको परिवारलाई सो राहत रकम दिने निर्णय लिएको हो। 

यस्तै सरकारले तीन दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो। यस्तै राष्ट्रिय झण्डा आधा झुकाउने पनि बैठकले निर्णय गरेको छ। 

सोमबार दिउँसो ४ बजे अमेरिकाबाट फर्किएका प्रधानमन्त्री ओलीले लगत्तै मन्त्रिपरिषद् बैठक राख्नुभएको थियो ।