३१ भदौ २०८३, बुधबार 1789582290
Banner

सरकारको राहत कोषमा ५० लाख दिने एमालेको निर्णय

काठमाडौँ : नेकपा (एमाले) ले सरकारको राहत कोषण्मा ५० लाख दिने निर्णय गरेको छ। मङ्गलवार बसेको एमाले सचिवालय बैठकले सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा विपद प्रभावितका लागि ५० लाख जम्मा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को सोमवारको बैठकले प्रारम्भिक रुपमा एक अर्ब उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो।

एमालेको सचिवालय बैठकलगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न आह्वान गरेका छन्।