१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 12:13 am
Uncategorized

एमाले रसुवाको अध्यक्षमा लामा र सचिवमा ढकाल

सूचना प्रेस २०७८ पुस २५ आइतबार ००:००, ०५:१० बजे १ मिनेट पढाइ

रसुवा- नेकपा (एमाले) रसुवाको नेतृत्व पुन कर्णेल लामाको काँधमा पुगेको छ ।

शनिबार राति अबेर सम्पन्न आठौं जिल्ला अधिवेशनले एमाले रसुवा जिल्ला अध्यक्षमा कर्णेल लामा, उपाध्यक्षमा दिल्ली सुवेदी, सचिवमा जनार्दन ढकाल, सहसचिवमा कैसाङ नुर्पु तामाङ्ग र बेली बुलुनलाई सर्वसम्मत चयन गरेको हो । रसुवासहित अहिलेसम्म २३ वटा जिल्लामा एमालेको नेतृत्व सर्वसम्मत चयन भैसकेको छ ।