२८ भदौ २०८३, आइतबार 1789284521
समाचार

सन् २०२४ को अन्तिम सूर्य ग्रहण आज

काठमाडौँ : सन् २०२४ को अन्तिम सूर्य ग्रहण आज लाग्दैछ। आजको सूर्य ग्रहण नेपाली समय अनुसार राति ९ बजेर २७ मिनेटमा लाग्ने छ भने मध्य राति ३ बजेर ३२ मिनेटमा सम्पन्न हुनेछ। आजको सूर्य ग्रहणलाई विशेष मानिएको छ। कारण, आज सूर्य ग्रहणमा सूर्य चन्द्रमा, बुध र केतुको संयोग बन्नेछ।

राहु र केतुको अक्ष मीन र कन्या राशीमा प्रभावशाली बन्नेछ। यसमा सूर्य मङ्गल र केतुको प्रभाव बनिरहन्छ। नेपालमा आजको सूर्य ग्रहण भने देखिँदैन। तर, आजको सूर्य ग्रहण दक्षिणी अमेरिकाको उत्तरी भागका साथै प्रशान्त महासागर, एटलान्टिक, आर्कटिक, एन्टार्टिका, अर्जेन्टिना, उरुग्वे, ब्युनस आयर्स, बेका आइल्यान्ड, फ्रोन्च पलिनेशिया महासागर, उत्तरी अमेरिकाको दक्षिणी भाग फिजी, न्यू चिली, ब्राजिल, मेक्सिको र पेरुमा देखिने छ।