३० आश्विन २०८१, बुधबार 1729095969
समाचार

काभ्रेमा भीरबाट लडेर एकजनाको मृत्यु

काठमाडौं : भीरबाट लडेर काभ्रेको तेमाल गाउँपालिकामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेमाल गाउँपालिका-६ माथिल्लो छापका ५७ वर्षीय दुधराज तामाङ छन् । आफन्तको घ्यवामा पुगेर पैदल फर्कने क्रममा उनी भीरबाट लडेका थिए । बुधबार बिहान ११ बजे रक्से खोलाको भुतेडुंग भीरबाट कोशी नदी किनारामा खसेका थिए । तर परिवार र स्थानीयले भने दिउँसो साढे १ बजेको समयमा मात्रै थाहा पाएको उनका आफन्त रमेश तामाङले जानकारी दिए ।

घटनाबारे नजिकै वडाध्यक्षलाई नजिकै रहेको स्वास्थ्य केन्द्रलाई जानकारी गराउँदासमेत बेवास्ता गरेको आफन्तले आरोप लगाएका छन् । छोरा बिकेश लामाले स्वास्थ्यकेन्द्रमै पुगेर राति ११ बजे स्वास्थ्यकर्मीलाई लगेर बुबाको प्राथमिक उपचार गराएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि बिहीबार बिहान थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत् सदरमुकाम ल्याउने प्रयास भएपनि मौसमको कारण सम्भव नभएको आफन्तले बताएका छन् । कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले उद्धारका लागि मौसम खराव भएका कारण उडान गर्न नसकिएको जानकारी दिए ।