३० आश्विन २०८१, बुधबार 1729116223
Banner

भौतिक पूर्वाधार मन्त्रालयको निष्कर्ष : दशैं अगाडि वीपी राजमार्ग खुल्दैन

काठमाडौं : भौतिक पूर्वाधार मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ । मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो ।

त्यसको भोलिपल्ट बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले भने, ‘दशैं अगाडि खुल्ने अवस्था छैन भन्ने निष्कर्षमा हामी पुग्यौं ।’