२९ आश्विन २०८३, बिहिबार 9:25 pm
Banner

ओलीले अंग्रेजी नआएर ‘डाँफेज्’ र ‘गैँडाज्’ भनेका होइनन् : शंकर पोखरेल

काठमाडौँ । हालैको अमेरिका भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओलीले  ‘डाँफेज् एन्ड गैँडाज्’ भनेपछि अंग्रेजी नजानेको भनेर नेपालमा उनलाई उडाउने प्रयास भइरहेको छ।

यसैबीच नेकपा एमालेका महासचिव शंकर पोखरेलले भने आफ्ना अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको प्रतिरक्षा गरेका छन्। शुक्रबार बिहान फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले डाँफे र गैँडालाई अंग्रेजीमा समेत नेपाली नामबाटै सम्बोधन गर्ने चलन बसाउने प्रयासअनुरूप प्रधानमन्त्री ओलीले अमेरिकामा ‘डाँफेज्’ र ‘गैँडाज्’ शब्द प्रयोग गरेको जिकिर गरेका हुन्।