१९ असार २०८३, शुक्रबार 1783080762
Banner

भारतको मुम्बईमा आगलागी हुँदा सात जनाको मृत्यु

भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको मुम्बई सहरमा आइतबार एक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित कम्तीमा सात जनाको मृत्यु हुनुको साथै अन्य केही घाइते भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

देशको आर्थिक राजधानी मुम्बईको चेम्बुर क्षेत्रमा आज बिहान आगलागी भएको हो । मृतक सबै एकै परिवारका सदस्य थिए । भुइँ तल्लामा पसल र पहिलो तल्लामा आवासीय एकाइ रहेको दुई तल्ले भवनमा आइतबार आगलागी भएको हो । घटना हुँदा मृतकहरु सुतिरहेका थिए ।