२ कार्तिक २०८१, शुक्रबार 1729262364
समाज

दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपिमायाको निधन

पोखरा ।  लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष एवं कांग्रेस नेतृ छुपीमाया गुरुङको निधन भएको छ । केही समयदेखि उनी पाठेघरको क्यान्सरबाट ग्रसित थिइन् ।

५८ वर्षीय गुरुङको उपचारका लागि चितवन लैजाँदै गर्दा मंगलबार बिहान बाटोमै निधन भएको बताइएको छ । गुरुङ २०७४को स्थानीय निर्वाचनबाट पालिका अध्यक्षमा निर्वाचित भएकी हुन् ।