काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रीता धिताललाई मंगलबार इस्लामिक गणतन्त्र पाकिस्तानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा धिताललाई राष्ट्रपति पौडेलले आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम आवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्त प्रसाद पन्थीले जानकारी दिए ।