२० कार्तिक २०८३, शुक्रबार Saturday, 7 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 2:48 am
Banner

भारतीय उद्योगपति रतन टाटाको निधन

सूचना प्रेस २०८१ आश्विन २४ बिहिबार ००:००, ०७:०३ बजे १ मिनेट पढाइ

काठमाडौं । भारतको प्रतिष्ठित व्यापारिक घराना टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन भएको छ । उनी २० वर्षदेखि टाटा ग्रुपको अध्यक्ष थिए ।

उनी सोमबारदेखि मुम्बईको अस्पतालमा उपचाररत थिए । उनको ८६ वर्षको उमेरमा निधन भएको हो ।

उनको निधनले टाटा ग्रुपलाई अपूरणीय क्षति भएको ग्रुपले विज्ञप्ति जारी गरेर भनेको छ । टाटा ग्रुप रतन टाटाका जिजुबाले करिब शताब्दी अगाडि स्थापना गरेका थिए ।