१६ असार २०८३, मंगलबार 1782853990
Banner

निर्वाचन आयोगले आजदेखि मतपत्र ढुवानी गर्ने

काठमाडौं । निर्वाचन आयोगले आजदेखि मतपत्र ढुवानी गर्ने भएको छ। यही वैशाख ३० गते हुने स्थानीय तहको मतदानका लागि आयोगले मतदान स्थलहरूमा मतपत्र ढुवानी थाल्न लागेको हो।

स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्रको ८० प्रतिशत छपाइ सकिएको पनि आयोगले जानकारी दिएको छ। स्थानीय चुनावका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको आयोगले सोमबार सम्ममा ६३ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मतपत्रको छपाइ सकिएको जनाएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन आयोगले ७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाइसकेको छ। आयोगले सुरुमा दुर्गमका जिल्लाका लागि मतपत्र छापेको थियो। मतपत्र ढुवानीका लागि आवश्यक परेमा हेलिकप्टर पनि प्रयोग गर्ने आयोगले तयारी गरेको छ।