४ कार्तिक २०८१, आइतबार 1729434730
खेलकुद

नेपाल र अमेरिकाबीचको खेल ‘सुपर ओभर’ मा

काठमाडौं ।  टी–२० आई शृङ्खला अन्तर्गत नेपाल र अमेरिकाबीचको दोस्रो खेल बराबरीमा रोकिएको छ । डल्लासमा भएको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्दै नेपालले निर्धारित ओभरतमा ६ विकेटको क्षतिमा १७० रन बनायो । खेलमा दुवै टोलीले समान स्कोर बनाएपछि खेल सुपर ओभरमा गएको छ । १७१ रनको लक्ष्यसहित मैदान उत्रेको अमेरिकाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १७० रन नै बनाउँदा खेल बराबरीमा रोकिएको हो । नेपालका लागि कुशल भुर्तेलले नट आउट रहँदै सानदार पारी खेले। उनले जम्मा ५४ बलमा ९४ रन बनाए ।

त्यस्तै नेपालका ओपनर ब्याट्सम्यान अनिल साहले ३१ ब्लमा २५ रन बनाए भने भने गुलशन झा १९ र कप्तान रोहित पौडेलले १८ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् । अमेरिकाका लागि जसदिप सिंह र नोसथस केनिज्गले समान २-२ विकेट लिए भने सौरभ नेत्रवालकरले १ विकेट हात पारे ।

यता, आन्द्रेस गौसले सर्वाधिक ६२ रन जोडे भने साइतेजा मुक्कमलाले ४७ रन बनाए । त्यस्तै मिलिन्द कुमारले १५ र सायन जहागिरले १४ रन जोडे । नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए भने सोमपाल कामीले २ विकेट हात पारे । त्यस्तै सागर ढकाल र दिपेन्द्र सिंह ऐरीले समान १/१ विकेट हात पारे ।