४ कार्तिक २०८१, आइतबार 1729455147
Banner

भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने एमाले निर्णय

काठमाडौं – नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरित अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ ।

आइतबार बसेको सचिवालय बैठकले पूर्व उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । त्यस्तै पार्टीको आधिकारीक धारणा विपरित सार्बजनिक रुपमा बोल्दै आएका पूर्व उपाध्यक्ष भीम रावललाई पनि स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव पोखरेलले बताए ।

मिनबहादुर गुरुङले दिएको जग्गाका सन्दर्भमा पाण्डे र तिमल्सिनाले सार्वजनिक रुपमै असहमति जनाएका थिए ।