९ कार्तिक २०८१, शुक्रबार 1729858526
Banner

रास्वपाले सडक दुर्गन्धित बनायो : पूर्ण बस्नेत

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले रास्वपाले सडक प्रदुषित र दुर्गन्धित बनाएको आरोप लगाएका छन् । रास्वपाका सभापति रवि लामिछाने पक्राउपश्चात रास्वपाले गरिरहेको सडक आन्दोलनलाई लक्षीत गर्दै बस्नेतले सडक हिजोसम्म पीडितको एक भरोसा रहेकोमा आज त्यही सडक पनि पीडक र आरोपितले कब्जा गरेको बताएका छन् ।

बस्नेतले सडकलाई ठगहरुले बन्धक बनाएको र पीडितको छाती छियाछिया हुने गरी बुट बजारिरहेको बताएका छन् । रास्वपाले सडकलाई झुट र भ्रम ओकल्ने थलो बनाएको उनको दाबी छ ।