१० कार्तिक २०८१, शनिबार 1729952274
Banner

ललितपुर महानगरले सुरु गर्‍यो बाढीले ल्याएको फोहोर सफाइ

काठमाडौं । ललितपुर महानगरपालिकाले असोज दोस्रो साता आएको बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहोर सफा गरेको छ । महानगरपालिकाले आजदेखि बागमती र नख्खु खोलामा थुप्रिएका फोहोर संकलन गर्न थालेको हो । आज बिहानैदेखि सुरक्षाकर्मी, नगरपालिकाको टोली र स्वयंसेवकले सरसफाइ थालेका हुन् । सफा नभएसम्म यो अभियान जारी रहेन महानगरले जनाएको छ ।

११ र १२ असोजमा आएको बाढीले अन्यत्रबाट बगाएर ल्याएको प्लास्टिक लगायत फोहोरले ललितपुर सहरको सौन्दर्य नै बिगारेको थियो । यसअघि नै महानगरको बैठकबाट मेयर चिरिबाबु महर्जनले फोहोर संकलनमा सहभागी हुन आह्वान गरेका थिए । सोहीअनुसार स्वयंमसेवक सहभागी भएका हुन् । महानगर अनुसार नदी किनारमा रहेका वडाहरू बाढीबाट धेरै प्रभावित भएका छन् । वडा नम्बर ५, ६, १२, १६, १५, १९ र २० बाहेक अन्य वडा बाढीबाट प्रभावित छन् ।