१० कार्तिक २०८१, शनिबार 1729966709
Banner

सरकार माओवादी पार्टी फुटाउने षड्यन्त्र लाग्यो : अध्यक्ष प्रचण्ड

काठमाडौँ  । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वमा बनेको सरकारले नेपाललाई लोडसेडिङबाट मुक्त गराएको बताएका छन् ।  आफूले जनार्दन शर्मालाई ऊर्जा मन्त्री र कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको प्रमुख बनाएपछि देशमा लोडसेडिङको अन्त्य भएको बताउँदै अध्यक्ष प्रचण्डले अहिलेको सरकार जनार्दन, कुलमान, नारायणकाजी र प्रचण्डको नाम सुनेर नै त्रसित भएको दाबी गरे । 

कुलमानलाई हटाउन षड्यन्त्र भइरहेको समेत उनले बताए । अध्यक्ष प्रचण्डले नेकपा माओवादी केन्द्रलाई समे फुटाउने षड्यन्त्र भइरहेको बताए । उनले भने, ‘माओवादीलाई समाप्त गर्न उनीहरू लागेका छन् । त्यसका लागि उनीहरू दिनरात लागेका छन् । प्रचण्ड रहेसम्म केही गर्न सकिँदैन भनेर उनीहरूलाई चिन्ता छ ।’  उनले जनतालाई पनि माओवादीलाई कसरी बलियो बनाउने भनी चिन्ता गरेको बताए । अध्यक्ष प्रचण्डले एक्लै चुनाव लड्ने घोषणा गर्दै बिचौलियाका पृष्ठपोषकसँग मिलेर चुनाव नलड्ने घोषणा गरे ।