११ कार्तिक २०८१, आइतबार 1730012363
Banner

सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

चैनपुर (बझाङ), १० कात्तिक : सुक्खा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरूद्ध भएको छ । छविसपाथिभेरा गाउँपालिका–१ जालेबगर नजिकै बालुवाटारमा खसेको पहिराले सडक अवरूद्ध भएको हो । दुई साताअघि सोही ठाउँमा सुक्खा पहिरो खस्दा पाँच दिनसम्म सडक अवरुद्ध बनेको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताउनुभयो । उहाँका अनुसार पटकपटक खस्ने सुक्खा पहिरोले जिल्लाको यातायात सेवा प्रभावित हुँदैआएको छ । पहिरो पन्छाउने काम भइरहेको उहाँले बताउनुभयो । सडक विभाग कार्यालय बैतडीका प्रमुख लक्ष्मण जोशीले सडक खुलाउने कार्य जारी रहेको बताउनुभयो । उहाँले लगातार सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन समय लागेको बताउनुभयो । पहिरो खस्दा लामो तथा छोटो दूरीका सवारीसाधन सडकमै रोकिएका छन् ।