१६ मंसिर २०८१, आइतबार 1733105209
राजनीति

दार्चुलामा पनि एमालेले खोल्यो खाता,सोभा टमटा सदस्यमा निर्विरोध

दार्चुला । नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी एक जना महिला सदस्य निर्विरोध निर्वाचित भएकी छिन् । दलित महिला सदस्य तर्फ अपिहिमाल गाउँपालिका वडा न ३ की सोभा टमटा निर्विरोध निर्वाचित भएकी हुन् ।

नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएकी टमटा ३ नम्वर वडाबाट निर्विरोध निर्वाचित भएसंगै अपिहिमाल गाउँपालिकामा एमालेले पहिलो खाता खोलेको छ । उक्त वडामा अरु कुनै पनि राजनैतीक दलको उमेदवारी नपरेकोले उनी निर्विरोध निर्वाचित भएका नयाँ नेपाल सहकर्मी पानसिंह धामीले जानकारी दिनु भयो ।