काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूलाई हटाउने ढंगले गरिएको जाँचबुझ आयोग खारेजीको माग गर्दै परेको रिटमाथिको सुनुवाइ हेर्दा हेर्दैमा रहेको छ ।
न्यायाधीश सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा मंगलवार भएको सुनुवाइ हेर्दा हेर्दैमा रहेको हो । दुवै पक्षको बहस नसकिएकाले हेर्दा हेर्दैमा रहेको बताइएको छ ।
यसअघि हरि फुयाँलको इजलासले अल्पकालीन अन्तरिम आदेशमार्फत अधिकारीलाई काममा फर्किन बाटो खुलाएको थियो ।