२८ भदौ २०८३, आइतबार 1789281269
Banner

बसको ठक्करबाट एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

भरतपुर (चितवन), २१ कात्तिकः रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने दुई जनाको अवस्था गम्भीर छ ।

खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीन जनामध्ये एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये रत्ननगर–१३ अमिलियाका २१ वर्षीय सुनिल पौडेलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । सोही ठाउँका २० वर्षीय साहिल परियार र २१ वर्षीय सञ्जय लामा गम्भीर घाइते छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।