६ मंसिर २०८१, बिहिबार 1732215023
कला/साहित्य

बुढानीलकण्ठमा ‘दी कफी क्लब’ उद्घाटन

काठमाडौँ । चलचित्र क्षेत्रमा महानायकका रुपमा परिचय बनाएका राजेश हमालले बुढानीलकण्ठ–३ रुद्रेश्वर चोकमा स्थापना भएको ‘दी कफी क्लब’ को आज उद्घाटन गरेका छन् ।

क्लबमा समय समयमा साहित्यिक कार्यक्रमका साथै दैनिकजसो स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि, समाजसेवी, नागरिक समाजका अगुवालगायत स्थानीयसँग स्थानीय तथा राष्ट्रिय विषयमा अन्तरक्रिया गरिने क्लबका सञ्चालक केशव पाठकले जानकारी दिए ।

उनका अनुसार विभिन्न विषयसँग सम्बन्धित व्यक्तित्वसँग ‘पोडकास्ट’ पनि सञ्चालन गरिनेछ । सो अवसरमा क्लबमा खोलिएको लघु पुस्तकालयका लागि पत्रकार तथा साहित्यकार श्याम रिमाल र धर्तीचन्द्र यात्रीले आ–आफ्ना पुस्तक अभिनेता हमालमार्फत सञ्चालक पाठकलाई हस्तान्तरण गरे ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, साहित्यकार, पत्रकारलगायत व्यक्तत्वको सहभागिता थियो ।