६ मंसिर २०८१, बिहिबार 1732214411
अर्थ

वार्षिक रूपमा ३० लाख मेट्रिक टन कृषि अवशेषमा आगजनी

काठमाडौँ । नेपालमा वार्षिक रूपमा ३० लाख मेट्रिक टन कृषि अवशेषमा आगजनी गरिन्छ । धानको पराल, गहुँका छ्वाली, विभिन्न बालीका डाँठलगायत कृषि अवशेषमा आगजनी गरिएको हो । वातावरण विज्ञ डा. भूपेन्द्र दासका अनुसार नेपालमा बर्सेनि करिब ३० लाख मेट्रिक टन कृषि अवशेष जलाइने गरिन्छ । जसले वायु प्रदूषण बढाउने उनको भनाइ छ । ‘वार्षिक मोटामोटी ३० लाख मेट्रिक टन कृषि अवशेष जलाइन्छ,’ उनले भने, ‘यो मेरो आफ्नो अध्ययन हो ।

अहिले धान काट्ने सिजन हो, धान लगत्तै गहुँ बाली हुन्छ, किसानले गहुँ बाली छिटो छर्नका खेतमै पराल जलाउने गर्दछन् । जसले गर्दा प्रदूषण बढ्छ ।’ नेपालमा नोभेम्बरदेखि अप्रिलसम्म करिब ६ महिना वायु प्रदूषणको जोखिम रहने गरेको उनले बताए । वायु प्रदूषणमा कृषि अवशेषको आगजनीले योगदान गरेको उनको भनाई छ ।