काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलामाथि संसदीय सुनुवाइ सुरु भएको छ । शुक्रबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा सुनुवाइ भएको हो । गत असोजमा न्याय परिषद्को बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश निरौलालाई सिफारिस गरेको थियो ।