२९ जेष्ठ २०८३, शुक्रबार 1781281469
Banner

बागलुङको छिस्तीमा ‘पिकअपभ्यान’ दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु

बलेवा (बागलुङ), २६ कात्तिकः बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ ।

ग२च ९२४७ ‘पिकपअभ्यान’ सडकदेखि एकसय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिनुभयो । घटनामा मृतकको पहिचान खुलिसकेको छैन । ‘पिकअपभ्यान’मा सवार एक जनाको भने जीवितै उद्धार गरिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।