८ मंसिर २०८१, शनिबार 1732417350
समाचार

कुलेखानी क्षतिको अध्ययन समितिले बुझायो प्रतिवेदन

काठमाडौँ । कुलेखानी जलविद्युत् आयोजनामा भएको भएको क्षतिबारे अध्ययन गर्न बनेको समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई प्रतिवेदन बुझाएको छ । असोजको ११ र १२ गते परेको पानीका कारण कुलेखानी जलविद्युत् आयोजना भरिँदा ड्यामको ढोका खोलिएको थियो ।

ढोका खोल्दा तटीय क्षेत्रमा क्षति भएपछि ऊर्जा मन्त्रालयले असोज २२ गते विद्युत् विकास विभागका उपमहानिर्देशक गोकर्णराज पन्थको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिले स्थलगत अध्ययन तथा छानबिन गरी तयार पारेको प्रतिवेदन मंगलबार बुझाएको हो । प्रतिवेदनमा ड्यामको ढोका मापदण्ड अनुसार खोलिएको वा नखोलिएको विषयमा समेत उल्लेख गरिएको जनाइएको छ ।