काठमाडौं । नेपालको पुण्य भूमि काठमाडौंमा आचार्य श्री महाश्रमणजीका प्रबुद्ध सुशिष्य मुनि श्री रमेश कुमारजी र मुनि श्री रत्न कुमारजीको पवित्र सान्निध्यमा जैन भजन साँझ अत्यन्त हर्ष, उल्लास, उमङ्ग र उत्साहका साथ सम्पन्न भयो।
श्री १००८ आदिनाथ दिगंबर जैन मन्दिर कमिटी र सामूहिक जिनेन्द्र आराधना संस्था शाखा नेपालको संयुक्त आयोजनामा यो भजन साँझ सम्पन्न भएको हो।
आयोजक संस्थाका अध्यक्ष श्री सुभाष जैन सेठीले जानकारी दिँदै बताए कि राजस्थानका लोकप्रिय गायक, सारेगामा जीटीभी फेम महेन्द्र कपूर वॉइस अफ राजस्थान, श्री संजय रायजादाले शानदार जैन भजन र सुमधुर गीतहरू प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध गरे। कार्यक्रमको शुभारम्भ जैन महिला मण्डलका महिलाहरूले मंगलाचरणबाट गरे।
अध्यक्ष सुभाष जैन सेठीले स्वागत मन्तव्य राख्दै गायक संजय रायजादाको जीवनका बारेमा संक्षिप्त परिचय दिए। सम्मानको क्रममा गायक श्री संजय रायजादा र श्रीमती अनिता रायजादालाई तिलक, माला र दुुपट्टा लगाएर स्वागत गरियो।
यस अवसरमा मुनि श्री रमेश कुमारजीले बताए कि संगीतले जीवनमा ठूलो आनन्दको अनुभूति गराउँछ। संगीतका सुमधुर लहरहरूले सबैलाई आफ्नो तर्फ आकर्षित गर्दछ।
गायक रायजादालाई ठूलो संख्यामा उपस्थित श्रोताहरूले सुने र प्रशंसा गरे। उपस्थित अतिथिहरूलाई पनि दुपट्टा लगाएर सम्मान गरियो।
तेरापन्थ महिला मण्डलकी महासचिव श्रीमती सुनीता सेठियाले कार्यक्रमको संचालन शानदार ढंगले गरिन्। मन्दिर कमिटीका महासचिव राजेश कुमार जैनले धन्यवाद ज्ञापन गरे।
आयोजक संस्थाका अध्यक्ष सुभाष जैन सेठी र श्रद्धानिष्ठ श्रावक, नेपाल जैन रत्न श्री सुमेरमल नाहटाले गायक कलाकार संजय रायजादालाई भजनहरूको उत्कृष्ट प्रस्तुति लागि मायाको चिन्ह प्रदान गरे।
यस कार्यक्रममा सम्पूर्ण जैन समाजसँगै मन्दिर कमिटीका पदाधिकारी र सदस्यहरूको उल्लेखनीय उपस्थिति रह्यो।
कार्यक्रमको अन्त्यमा मुनि श्री रमेश कुमारजीले मंगल पाठ सुनाए र कार्यक्रम संचालिका सुनीता सेठियाले कार्यक्रम समापनको घोषणा गरिन्।