१० भदौ २०८३, बुधबार 1787805036
समाचार

पाथीभरा मन्दिरका पुराना घण्टी लिलाम बिक्री गरिँदै

काठमाडौँ । पाथीभरा मन्दिरका पुराना घण्टी लिलाम बिक्री गरिने भएको छ । पाथीभरा क्षेत्र विकास समितिले आज एक सूचना जारी गर्दै सिलबन्दी बोलपत्र पेस  गर्न आह्वान गरेको हो । 

‘पुराना घण्टी जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा सिलबन्दी बोलपत्रको माध्यमबाट बिक्री गर्नुपर्ने भएको हुनाले इच्छुक व्यक्ति वा फर्महरूबाट पुस १३ गते १२ः३० बजेभित्र सिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरिएको छ’, सूचनामा भनिएको छ ।

पुरानो घण्टी प्रतिकेजी ३८० रुपैयाँमा बिक्री हुने र लिलाम बिक्री हुने सामान हेर्न बुझ्न चाहनेले  मङ्सिर १६ गतेदेखि पुस १२ गतेसम्म बिदाको दिन बाहेक कार्यालय समय सम्पर्क गर्न सक्ने समितिले जानकारी दिएको छ ।