२० असार २०८३, शनिबार 1783192152
Banner

ममाथि छुद्र टिप्पणी भयो : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि छुद्र टिप्पणी भएको भन्दै दुखेसो पोखेका छन् । शनिबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा इन्ट्रा फाउण्डेशनका पदाधिकारीसँग भेटमा प्रधानमन्त्री ओलीले भुटानी शरणार्थी तेस्रो मुलुक हस्तान्तरणमा पहल गर्दा आफूमाथि छुद्र टिप्पणी भएको भन्दै दुखेसो पोखाएका हुन् ।

उनले भने, ‘मावनीय दृष्टिले मैले शरणार्थी शिविरमा कष्टकर जीवनयापन गर्दै आएका एक लाखभन्दा बढी भुटानी शरणार्थीलाई तेस्रो मुलुक हस्तान्तरण गर्न पहल गर्दा ममाथि अनेकन् प्रकारका छुद्र टिप्पणी भए ।’

प्रधानमन्त्री ओलीले भुटानले नेपाली भएकै कारण नेपाली भाषीलाई देश निकाला गरेको उल्लेख गर्दै अब तेस्रो देशमा पुनर्स्थापना भएका नेपाली भाषी भुटानीलाई भुटानले शरणार्थीसमेत भन्न छाडेको बताए ।

तर, तेस्रो मुलुक पुनर्स्थापना भएका भुटानी योग्य र सक्षम भएको उल्लेख गर्दै आगामी दिनमा भुटानले दक्ष जनशक्तिको रूपमा पहिला लखेटेका नागरिकलाई फिर्ता बोलाउने उनले विश्वास व्यक्त गरे ।