कैलाली : बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली काँग्रेसका धिरेन्द्र पुजारा विजयी भएका छन् । यस अघि एमालेले जितेको वडामा कांग्रेसले बाजी मारेको हो । पुजाराले ६ सय ५७ मत प्राप्त गरि विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लखिचन्द्र बोहराले ४ सय ८७ मत प्राप्त गरेका थिए ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्कर बोहराले १७ मत मात्रै पाए । १ हजार ५ सय ५४ मतदाता रहेको यो वडामा एक हजार १ सय ७८ मत खसेको थियो । वडाध्यक्ष सर्जन बोहराको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो । यसअघि बोहरा ६२९ मतसहित निर्वाचित हुँदा कांग्रेसका लोकबहादुर बोहराले ६०४ मत पाएका थिए ।