३ आश्विन २०८१, बिहिबार 1726803143
Banner

भरतपुरमा कांग्रेस उमेदवार पौडेलले उमेदवारी फिर्ता लिएनन्, फिर्ताको समय सकियो  

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद जगन्नाथ पौडेलले समयसीमा सकिँदासम्म पनि आफ्नो उमेदवारी फिर्ता लिएनन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री बालकृष्ण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठलगायत जिल्ला तहका नेताले गरेको आग्रह अस्वीकार गर्दै पौडेलले आफ्नो उमेदवारी कायमै राखे ।

निर्वाचन आयोगले अहिले ५ बजेसम्म उमेदवारी फिर्ताको समय तोेकेको थियो । निर्वाचन आयोगले दिएको समयसीमाभित्र उनले उमेदवारी फिर्ता लिएनन् ।

पौडेलले आफ्नो अडान कायमै राख्दै अब घरदैलो अभियान सुरु हुने बताए ।